You are viewing the translated version of जीवनाशक विषादी व्यवस्थापन समिति.
Section 11
जीवनाशक विषादी व्यवस्थापन समिति
(१) जीवनाशक विषादी व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्न नीति निर्धारण गर्ने लगायतका कार्यमा नेपाल सरकारलाई आवश्यक राय, सुझाव तथा परामर्श उपलब्ध गराउन एक जीवनाशक विषादी व्यवस्थापन समिति रहनेछ।
(२) समितिमा देहाय बमोजिमका सदस्यहरू रहनेछन्:- (क) सचिव, मन्त्रालय - अध्यक्ष (ख) सहसचिव, वातावरण सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय - सदस्य
(ग) महानिर्देशक, पशु सेवा विभाग - सदस्य
(घ) कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् - सदस्य
(ङ) प्रमुख, स्वास्थ्य सेवा विभाग वा विशेषज्ञ प्रतिनिधि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा - सदस्य
(च) विषादी विशेषज्ञ, वन विशेषज्ञ, कृषि विशेषज्ञ र उपभोक्ता कृषकहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको कम्तीमा दुईजना महिला सहित पाँचजना - सदस्य
(छ) विषादी व्यवसायीहरूमध्येबाट मन्त्रालयद्वारा मनोनीत एकजना - सदस्य
(ज) उपसचिव (कानून), मन्त्रालय - सदस्य
(झ) प्रमुख - सदस्य-सचिव (३) उपदफा (२) को खण्ड (च) र (छ) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ र निजहरू पुनः एक पटकको लागि मनोनीत हुन सक्नेछन्।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (च) र (छ) बमोजिम मनोनीत कुनै सदस्यले समितिको हित विपरीत कुनै कार्य गरेमा निजको पदावधि पूरा नहुँदै मन्त्रालयले निजलाई हटाउन सक्नेछ। तर यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ।
(५) समितिले आवश्यकता अनुसार सम्बन्धित विषयको विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।